अन्तराष्ट्रिय

पाकिस्तानमा निर्वाचन, कति दल मैदानमा कूल मतदाता कति ?

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानमा आज अर्थात ८ फरवरीमा आम निर्वाचन हुँदैछ । यी निर्वाचनहरूमार्फत पाकिस्तानी जनताले आगामी पाँच वर्षको लागि आफ्नो भविष्य तय गर्नेछन् । जनता आकाशा छोएको मुद्रास्फीतिसँग लडिरहेका बेला मुलुकमा निर्वाचन भइरहेको छ । यससँगै यहाँका जनता अनेकौं आर्थिक र राजनीतिक संकटका बीच जीवनयापन गर्न बाध्य छन् ।

पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ जसमा राष्ट्रिय सभाका अधिकांश सदस्यहरू जनताद्वारा निर्वाचित हुन्छन् । राष्ट्रिय सभामा कुल २६६ सीटहरू छन्, जसमध्ये २६६ सिटका लागि मानिसहरूले मतदान गर्छन् । जबकि ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन् । पञ्जाब प्रान्तमा सबैभन्दा बढी १४१ सिटहरू छन्, त्यसपछि सिन्धमा ७५, खैबर पख्तुनख्वामा ५५, बलुचिस्तानमा २० र इस्लामाबादमा तीन सिटहरू छन् ।

कति मतदाता छन् ?
पाकिस्तानमा हाल १२.८५ मिलियन मतदाता छन्, जुन देशको कुल जनसंख्याको आधाभन्दा बढी हो । जसमध्ये ६.९ करोड पुरुष र ५.९ करोड महिला मतदाता छन् । दर्ता भएका मतदातामध्ये पनि ४४ प्रतिशत ३५ वर्षभन्दा कम उमेरका छन् । २०१८ यता, देशमा मतदाताहरूको संख्या २.२५ करोडले बढेको छ, जसमा १.२५ करोड महिला छन् । सन् २०१८ मा भएको आम निर्वाचनमा ५२ प्रतिशत जनताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । पाकिस्तानको निर्वाचनमा ५ हजार १२१ उम्मेदवारले आफ्नो भाग्य आजमाइरहेका छन् । जसमध्ये ४ हजार ८०६ पुरुष, ३१२ महिला र दुई तेस्रोलिङ्गी उम्मेदवार छन् ।

निर्वाचनमा १ सय ६७ दर्ता भएका राजनीतिक दल वा स्वतन्त्रबाट ५ हजार १ सय २१ जना उम्मेदवार छन् । चुनाव लडिरहेका प्रमुख दलहरूलाई हेर्दा पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (नवाज) (पीएमएल–एन) र बिलावल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) रहेको छ ।अर्को निर्वाचन आयोगले इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को चुनाव चिन्ह रोक्का गरेको छ । यस कारणले, पीटीआई उम्मेदवारहरू स्वतन्त्र रूपमा चुनाव लड्नेछन् ।

फागुन ८ गते हुने निर्वाचनका लागि कुल ९० हजार ५८२ मतदान केन्द्र तोकिएको छ । यी मतदान केन्द्रहरूमध्ये ’अत्यधिक संवेदनशील’ मतदान केन्द्र करिब १७ हजार ५००, संवेदनशील मतदान केन्द्र ३२ हजार ५०८ र सामान्य मतदान केन्द्र करिब ४२ हजार ५०० छन् । जनताले मतपत्रबाट भोट हाल्नेछन् ।