अन्तराष्ट्रिय

गाजामा इजरायली कारबाही दिनरात जारी : ६७ प्यालेस्टाइनीको मृत्यु

एपी, जेरुसेलम । इजरायलले गाजामा आक्रमण जारी राखेको छ । मङ्गलबार–बुधवार राति र बिहान भएको आक्रमणमा ६७ प्यालेस्टाइनीको मृत्यु भएको भएको समाचारमा उललेख छ । मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन् । यद्यपी इजरायली सेनाले खान युनिस र जेटोन क्षेत्रमा भएको आक्रमणमा मारिएका आतंककारीको संख्या अज्ञात रहेको दाबी गरिएको छ । समाचरका अनुसार अक्टोबर ७ यता इजरायली हमलामा २९ हजार ३१३ प्यालेस्टिनी मारिएका छन् भने ६९ हजार ३३३ घाइते भएका छन् । इजरायली सेनाले ३२०० वान्टेड आतंकवादी र अन्यलाई पक्राउ गरेको छ ।

यसैबीच, सिरियाको रक्षा मन्त्रालयले बुधबार इजरायलले दमास्कसको एउटा आवासीय भवनलाई निशाना बनाएको जनाएको छ । आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । बुधबार बिहान मिसाइल प्रहार गरिएको उनले बताए । चाम सिटी सेन्टर मल नजिकै रहेको भवनलाई निशाना बनाएको थियो । रक्षा मन्त्रालयले आक्रमण हुँदा नजिकैको विद्यालयमा बालबालिका उपस्थित रहेको बताएको छ । तर, इजरायलले भने यसको पुष्टि गरेको छैन । कतारको विदेश मन्त्रालयले गाजामा बन्दी बनाएका करिब १०० जनालाई हमासले औषधि पु¥याउन थालेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता डा माजिद अल–अन्सारीका अनुसार हमासले गाजा पट्टीमा प्यालेस्टाइनीहरूलाई औषधि र मानवीय सहायताको बदलामा बन्धकहरूलाई आवश्यक औषधिहरू पु¥याइएको कुरा पुष्टि गरेको छ ।

इजरायलमा हमासले अक्टोबर ७ मा गरेको हमलालाई रोक्न सेनाको असफलताको आन्तरिक अनुसन्धान सुरु गर्ने घोषणा गरिएको छ । रक्षा बलका प्रमुखले भने अनुसार, ‘अनुसन्धानपछि मात्र हामीले त्यस्तो अवस्थामा कसरी काम गर्न सक्थ्यौं र भविष्यमा इजरायली नागरिकको सुरक्षाका लागि के–कस्ता कदम चाल्न सकिन्छ भन्ने कुरा बुझ्न सक्ने बताए ।

प्यालेस्टाइनमा काम गर्ने संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्ल्यूएका प्रमुखले इजरायलले ती १२ कर्मचारीमाथि लगाइएको आरोपको विरुद्धमा अहिलेसम्म कुनै प्रमाण पेश नगरेको बताए । इजरायलले गत महिना यी कर्मचारीहरूलाई हमासका लागि काम गरेको आरोप लगाएको थियो । इरानका विदेशमन्त्रीले इजरायलले ग्यास पाइपलाइनमा आक्रमण गरेको आरोप लगाएका छन् । गत महिना यी आक्रमणहरू भएको उनको भनाइ छ । आक्रमणको उद्देश्य घरघरमा पुग्ने ग्यास आपूर्तिमा अवरोध पु¥याउनु थियो ।जन्मिएका अमिन सयानी रेडियो संसारका सुपरस्टार थिए । रेडियोलाई मान्यता दिनमा उनको ठूलो योगदान थियो । ‘गीतमाला’ उनको लोकप्रिय कार्यक्रम हो । यो एउटा शोले अमिन सयानीलाई निकै लोकप्रियता दिलाएको थियो ।

आफ्नो सुन्दर आवाज र आकर्षक शैलीका कारण उनी फ्यानहरु माझ सुपरस्टार थिए । अमिन सयानीले आफ्नो रेडियो करियरमा ५० हजारभन्दा बढी शो गरेका थिए । अमिन सयानीको ‘भाइयो और बहनो’ ले दर्शकलाई सम्बोधन गर्ने शैली अझै पनि दिमागमा ताजा छ र ट्रेन्डसेटर बनेको छ । अमिन सयानी रेडियोको दुनियाँमा राजा भएर बसे । उनको स्वरको जादूले श्रोतालाई मन्त्रमुग्ध बनाउँथ्यो, जुन अब सम्झनामा मात्रै रहने छ ।