अन्तराष्ट्रिय

अफगानिस्तानद्वारा पाकिस्तानमा प्रवेश गरी सैन्य चौकीहरूमाथि हवाई आक्रमण

पाकिस्तान । पाकिस्तानी सेनाले अफगानिस्तानको सीमा क्षेत्रमा गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको थियो । पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणको अफगानिस्तानले पनि पाकिस्तानको हमलाको उचित जवाफ दिएको छ ।
पाकिस्तानले आक्रमण गरेपछि अफगानिस्तानले पनि जवाफी कारबाही गरेको छ । अफगान सेनाले सीमामा रहेको पाकिस्तानी सैन्य चौकीहरूलाई निशाना बनाएको थियो, जुन तालिबानले दुई वर्षभन्दा बढी अघि सत्ता लिएपछिको पहिलो प्रतिकारात्मक हमला हो ।

अफगानिस्तानको नेशनल इस्लामिक आर्मीले पाकिस्तानलाई भारी हतियारको साथ सीमामा रहेका सैन्य चौकीहरूलाई निशाना बनाएर जवाफ दिइरहेको छ, तालिवान नियन्त्रित रक्षा मन्त्रालयले ट्विटरमा एक पोस्टमा भनेको छ रक्षा र सुरक्षा बलहरू कुनै पनि आक्रामक कारबाहीको जवाफ दिन तयार छन् । उत्तरी वजिरिस्तानमा सुरक्षा बलको चौकीमा आतंकवादी हमलामा दुई अधिकारीसहित सात सैनिक मारिएपछि राष्ट्रपति आसिफ अली जर्दारीले जवाफी कारबाही गर्ने वाचा गरेको एक दिनपछि आक्रमणहरू भएका हुन् । हाफिज गुल बहादर समूहले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तानी सुरक्षा बलहरू विरुद्ध सीमा हिंसा बढाउन जिम्मेवार तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को एक समूहलाई लक्षित गर्दै अफगान सीमा क्षेत्रमा प्रति–आतंकवाद अभियान पुष्टि गरेको छ । अर्कोतर्फ तालिबान सरकारले हवाई हमलाको निन्दा गर्दै यसलाई अफगानिस्तानको सार्वभौमसत्ताको उल्लङ्घन भएको बताएको छ । तालिबान सरकारले त्यस्ता कार्यहरूले गम्भीर परिणामहरू निम्त्याउन सक्छ र घटनाहरू बढ्न सक्ने सम्भावना पाकिस्तानको व्यवस्थापन गर्ने क्षमता भन्दा बाहिर हुन सक्छ भन्दै चेतावनी दिएको छ ।