अन्तराष्ट्रिय

कुख्यात आतंकवादी संगठनद्वारा मस्कोको कन्सर्ट हलमा आक्रमण ६० जनाको मृत्यु; १४५ घाइते

मस्को, एएफपी । रुसको राजधानी मस्कोमा शुक्रबार भएको आतंकवादी हमलाले स्तब्ध बनाको छ । चारदेखि पाँच अज्ञात बन्दुकधारीहरू व्यस्त क्राकुस सिटी कन्सर्ट हलमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन् । यसैबीच कुख्यात आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले यस हमलाको जिम्मेवारी लिएको छ । रुसमा यसप्रकारका आतंकि हमला यसअघि पनि धेरै आतंकवादी हमला भइसकेको छ ।

सेप्टेम्बर १३, १९९९ को प्रारम्भिक घण्टामा दक्षिणपूर्वी मस्कोमा एक आठ तले अपार्टमेन्ट भवनमा भएको बम विस्फोटमा ११८ व्यक्तिको मृत्यु भएको थियो । दुई हप्ताको अवधिमा मस्को र दक्षिणी रूसमा जम्मा २९३ जनाको ज्यान जाने र १,००० भन्दा बढी घाइते भएका पाँचवटा अपार्टमेन्ट आक्रमणहरूमध्ये यो आक्रमण थियो । यसैबीच रुसले यस हमलाको लागि चेचन्याका पृथकतावादी आतंककारीलाई दोष दिएको छ । यद्यपि, चेचन्याका तत्कालीन राष्ट्रपतिले यसलाई अस्वीकार गरेका छन् ।

त्यस्तै २३ अक्टोबर २००२ मा, चेचेन विद्रोहीहरूको समूहले मस्कोको डुब्रोभका थिएटरमा कन्सर्टको क्रममा आक्रमण गगरेको थियो । विद्रोहीले ८०० भन्दा बढी मानिसलाई बन्धक बनाएका थिए । चेचन्या विद्रोही र सुरक्षा फौजबीच दुई दिन र तीन रातसम्म भिडन्त भएको थियो । सो क्रममा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिन थिएटरमा ग्यास छोडेर आक्रमणकारीमाथि आक्रमण गरेका थिए । सुरक्षा बलको यो कारबाहीमा कुल १३० बन्धक मारिएका थिए । अधिकांश बन्धकहरुको निसास्सिएर मृत्यु भएको थियो ।

जुलाई ५, २००३ मा, दुई महिला आत्मघाती आक्रमणकारीहरूले मस्को नजिकैको तुशिनो एयरफिल्डमा रक कन्सर्टको क्रममा आफूलाई विस्फोट गराएका थिए । यस आत्मघाती हमलामा १५ जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका थिए । रुसले महिला आत्मघाती हमलाकारीलाई चेचेन पृथकतावादी भएको पहिचान गरेको छ । करिब २०,००० फ्यानहरू वार्षिक क्रिल्या (विंग्स) फेस्टिभलमा रूसका केही शीर्ष ब्यान्डहरू सुन्न आएका थिए जब आक्रमण भएको थियो ।

फरवरी ६, २००४ मा, चेचन्याको एक समूहले बिहानको भीडको समयमा खचाखच भरिएको मस्को मेट्रोमा बम विस्फोट गराएका थिए जसमा ४१ जनाको मृत्यु भएको थियो । त्यस्तैगरि मार्च २९, २०१० मा दुई महिला आत्मघाती हमलावरहरूले मस्को मेट्रोमा आफूलाई विस्फोट गराएकि थिइन । यस आत्मघाती हमलामा ४० जनाको मृत्यु भएको थियो । आक्रमणकारीहरूले एफएसबी गुप्तचर सेवाको मुख्यालयको छेउमा रहेको लुब्यान्का स्टेशनलाई निशाना बनाएका थिए । रुसले दुवै आक्रमणकारी दागेस्तानको अस्थिर उत्तर काकेशस क्षेत्रका रहेको पहिचान गरेको छ ।

जनवरी २४, २०११ मा, एक आत्मघाती बम आक्रमणकारीले मस्को डोमोडेडोभो अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्यो र ३७ व्यक्तिको मृत्यु भयो । काकेसस एमिरेट समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ ।