अन्तराष्ट्रिय

पाकिस्तानमा आत्मघाती हमला, ६ चिनियाँ इन्जिनियरको मृत्यु

पेशावर । चीनको नजिक मानिने देश पाकिस्तानमा मंगलबार चिनियाँ नागरिकसँग ठूलो दुर्घटना भएको छ । आत्मघाती बम आक्रमणमा छ चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानी समाचरका अनुसार एक आत्मघाती बम आक्रमणकारीले उत्तरपश्चिम पाकिस्तानमा चिनियाँ नागरिकहरूको काफिलेमा आक्रमण ग¥यो र ठूलो विस्फोट भयो र विस्फोटमा छ जनाको मृत्यु भएको उल्लेख गरेको छ । साथै आक्रमणमा कति जना घाइते भएका छन् भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

क्षेत्रीय प्रहरी प्रमुख मोहम्मद अलीले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार आत्मघाती हमलाकारीले चिनियाँ इन्जिनियरहरूको काफिलेलाई विस्फोटक पदार्थले भरिएको गाडीसँग ठोकेको थियो । सबै चिनियाँ इन्जिनियरहरू इस्लामाबादबाट खैबर पख्तुनख्वा प्रान्तको दासुमा रहेको आफ्नो शिविर जाँदै थिए ।

आक्रमणमा छ चिनियाँ नागरिक र उनीहरूका पाकिस्तानी ड्राइभरको मृत्यु भएको छ, । मोहम्मद अलीले भने अनुसार उनले दासुमा ठूला बाँध रहेको र यसअघि पनि यस क्षेत्रमा आक्रमण भएको बताए । सन् २०२१ मा बसमा भएको विस्फोटमा नौ चिनियाँ नागरिकसहित १३ जनाको मृत्यु भएको थियो ।