अन्तराष्ट्रिय

ताइवानपछि जापानमा ६.१ र चीनको छिङहाई प्रान्तमा ५.५ रिक्टर स्केलको भूकम्प

टोकियो । जापानको होन्सु सहरको उत्तरी तटीय क्षेत्रमा बिहीबार बिहान ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सो जानकारी दिएको हो । जापानमा भूकम्पको गहिराई ५५ किलोमिटर रहेको र जापान समय अनुसार बिहान ८ः४६ मा गएको थियो । घटनामा हालसम्म कुनै हताहतीको खबर आएको छैन । यो भूकम्प ताइवानमा गएको विनाशकारी भूकम्पपछि आएको हो जसमा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

अर्कोतर्फ चीनको छिङहाई प्रान्तमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । रिक्टर स्केलमा यसको तीव्रता ५.५ थियो। बिहीबार (००१०० जीएमटी) मध्याह्न १ः०० मा दुर्गम उत्तरपश्चिमी चिनियाँ प्रान्त छिङहाइमा मानिसहरूले शक्तिशाली भूकम्पको धक्का महसुस गरेको राज्यको सञ्चारमाध्यमले जनाएको छ। अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन ।-एएनआई