अन्तराष्ट्रिय

इरानको चाबहार र रस्कमा आतंकवादी हमला, २७ जनाको मृत्यु

रोयटर्स, दुबई । इरानको चाबहार र रस्क सहरमा आतंकवादी हमला भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार संदिग्ध सुन्नी मुस्लिम लडाकूहरूले बिहीबार इरानको रिभोलुसनरी गार्डको दक्षिणपूर्वी प्रान्त सिस्तान–बालुचेमा रहेको इरानको रिभोलुसनरी गार्डको मुख्यालयमा आक्रमण गर्दा ११ सुरक्षाकर्मी र १६ सर्वसाधारणको मृत्यु भएका छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार चाबहार र रस्क सहरहरूमा जैश अल–अदल समूह र सुरक्षा बलहरू बीच रातभर झडप भएको थियो । उप आन्तरिक मन्त्री माजिद मिरहामादीले सरकारी टिभीलाई भनेका छन् । आतंकवादीहरूले चाबहार र रस्कमा गार्ड मुख्यालय कब्जा गर्ने आफ्नो लक्ष्य हासिल गर्न असफल भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुन्नी मुस्लिम बाहुल्य रहेको गरिब क्षेत्रमा भएको झडपमा अन्य १० सुरक्षा अधिकारीहरू पनि घाइते भएका छन् ।

यसैबीच, जैश अल–अदलले शिया बहुल इरानमा बलुची जातीय अल्पसंख्यकहरूका लागि थप अधिकार र राम्रो जीवनयापन चाहेको बताएको छ । यसले हालैका वर्षहरूमा सिस्तान–बलुचेस्तानमा इरानी सुरक्षा बलहरूमा धेरै आक्रमणहरूको जिम्मेवारी लिएको छ । अफगानिस्तान र पाकिस्तानको सिमाना जोडिएको यो क्षेत्र लामो समयदेखि इरानी सुरक्षा बल र सुन्नी लडाकूहरू र लागूऔषध तस्करहरूबीच बारम्बार झडप हुने स्थल बनेको छ ।

रोयटर्सका अनुसार अफगानिस्तानबाट पश्चिम र अन्यत्र तस्करी हुने लागुऔषधका लागि इरान प्रमुख ट्रान्जिट मार्ग हो । डिसेम्बरमा आतंकवादी समूहले रस्क शहरको एक प्रहरी चौकीमा आक्रमण गर्दा ११ सुरक्षाकर्मीको मृत्यु भएको थियो । जनवरीमा, इरानले पाकिस्तानमा रहेका दुई आतंकवादी समूहका अड्डाहरूमा मिसाइलहरू प्रहार गरेको थियो जसले इरानमा पृथकतावादी लडाकूहरूलाई लक्षित गर्दै इस्लामावादबाट द्रुत सैन्य प्रतिक्रिया दिएको थियो ।