अन्तराष्ट्रिय

रिपोर्ट : पाकिस्तानको अवस्था नाजुक, मदरसाका बालबालिकाको लागि नरक जस्तो अवस्था

इस्लामाबाद । पाकिस्तानमा मदरसाहरूले धार्मिक शिक्षा दिने नाममा अपराध गरिरहेका छन् र यी मदरसाहरू बाल यौन शोषणको अड्डा बनेका छन् । डन अखबारका अनुसार, धर्मगुरुहरूद्वारा बाल यौन दुर्व्यवहार र विद्यार्थीहरूलाई क्रूर सजायको हालैको खुलासाले पाकिस्तानका धार्मिक संस्थाहरूमा लुकेको गम्भीर वास्तविकतालाई उजागर गरेको छ ।

जब त्यस्ता अपराधहरू हुन्छन्, पाकिस्तानका प्रभावशाली धर्मगुरुहरूले प्रायः धार्मिक संस्थाहरूलाई उनीहरूको कार्यबाट जोगाउँछन् । यस्तो अवस्थामा ह्वाइटलब्लोअर, कार्यकर्ता र पीडित न्याय पाउन जोखिमपूर्ण बाटो अपनाउन बाध्य छन् । कानुनी प्रावधानहरूले निरन्तर अनुसन्धान र अभियोजनलाई अनिवार्य गरेको भएतापनि पीडितहरूले बयान फिर्ता लिन दबाबको सामना गर्छन् । गैरसरकारी संस्था साहिलले संकलन गरेको तथ्यांकमा चकित पार्ने जानकारी आएको छ । प्रतिवेदनले मदरसाहरू भित्र भइरहेका गतिविधिहरूको जानकारी दिन्छ ।-एएनआई