विचार/अन्तर्वार्ता

युगले परिवर्तन भन्छ भने ! किन चाहियो रगतको खोला जब एक थोपा रगतले इतिहास बन्छ भने

विभिन्न राज्य,उप राज्य,दर्रा,मा विभाजित अहिलेको नेपालको भूगोल एकीकरण गर्नमा सब भन्दा बढी बलिदान गर्ने समुदायमा ठकुरी समुदायको ईस्थान सर्वोच्च रहेको कुरा नेपालको प्राचीन इतिहासको हर पन्नाले उजागर गरेको यथार्थ हामी सामु अहिले पनि ज्युका त्यु प्रस्ट छ । २०२७ अगाडी पनि नेपालमा यो समुदाय प्रति मान– सम्मान को दृष्टीकोण यथावत रहेको बुझ्न गाह्रो छैन । तर ४७ को आन्दोलन पश्चात एक निश्चित अजेण्डा अन्तर्गत षडयन्त्रलाई अगाडी सार्दै यो समुदाय लक्षित आक्रमण बढ्दै गएको बुझ्न तेती गार्हो छैन ।

सबै भन्दा पहिला ऐतिहासिक तथ्य सँग छेडखानी गर्दै यो समग्र समुहलाई व्याभिचारी, अय्यास, र मनमौजी समुदायको रुपमा आर्टिकल, स्तम्भ, मौखिक बहस द्वारा चित्रित गर्न थालियो । दोश्रोमा जनमानशमा यो समुदाय प्रति घृणा उत्पन्न गर्ने खालका भ्रामक, झुठो कथा– कहानी सिर्जना गर्न थालियो । तेस्रोमा समुदायको बौद्धिक सम्पदा माथि आक्रमण गर्ने परिस्थिति सिर्जना गरियो । चौथो क्रममा ठकुरी समुदायको भाषा– सस्कृति, परम्परा र रहन–सहनलाई निसाना बनाइयो । पाँचौमा बिभिन्न जाति उप जातिहरूले आफुलाई ठकुरी भएको घोषणा गरे जस्तै सोडारी, ठकुल्ला, बोगटी र रावल लगायतकाहरुले । यसरी सुनियोजित रुपमा ठकुरी समुदायको मान प्रतिष्ठा, ईज्ज्त माथि आक्रमण थालियो, हुँदा हुँदै ठकुरी जातिलाई क्षेत्री जातिमा बर्गीकरण पनि गरियो । यति हुँदा हँुदै पनि राष्ट्र र राज्यको निम्ति सहन गर्दै आयको यो समुदायको ऐतिहासिक सम्पदामाथि पनि आक्रमण गर्दै ठकुरीहरुको त्यो बैभवसाली इतिहास मेट्ने प्रयत्न अनुसार ठकुरी चेली बेटीसँग आफु ठकुरी हो भन्दै झुटो बोलि बिबाह गर्ने सम्मको कुचेस्टा आज हुन् थालेको छ । यसका कैयौ उदाहरण छन ।

सनातन ग्रन्थ र शास्त्रमा समेत बाहुन, ठकुरी र क्षेत्री उल्लेख छ भने आज आएर ठकुरी समुदाय किन र कसरी क्षेत्री भयो त ? हाम्रो मौलिक ठकुरी भाषा, आजका आफुलाई ठकुरी भन्ने हरूले जतिनै सिको गर्न खोजे पनि आइस्यो/गइश्यो जति लगाए पनि के साच्चिकै एक ठकुरीले अर्को ठकुरी भेट्दा जुन लब्ज र बोलि प्रयोग गर्न सक्छ त्यो उनीहरुबाट सम्भव छ त ? कदापी हुनै सक्दैन, ठकुरीको बच्चालाई ठकुरी भाषा सिकाउनु पर्दैन, त्यो त नेचुरलि गोड गिफ्ट हो, तर छदम भेष धारण गरेकाहरुले जति नै आफुलाई आवरणमा लुकाउने प्रयास गरे पनि छताछुल्ल भै हाल्छ । जात ठकुरी लेखे पनि त्यो ठकुरी रगत काँहबाट ल्याउने ? त्यो संस्कार/पद्धती काँह बाट पाउने ? आज ठकुरी समुदाय इतिहासको जटिल मोडमा उभिएको छ । जंहा उसलाई आफ्नो भाषा÷संस्कृतिको संरक्षणका साथै पुर्खालिकालिन विरासत बचाउनका साथै आफ्नो भावी पिढीलाई यो एति हासिक विरासत सुरक्षित हस्तान्तरण गर्ने जिम्मा आजको पिढिको काँधमा थपिएको छ । इतिहासको यो कालखण्डमा यी कुरा मध्यनजर गर्दै हामी एकिकीर्त भएनौ भने भोलि समग्र समुदायको अस्तित्वको प्रश्न हाम्रो सन्ततिले भोग्नु पर्ने निश्चित छ ? तेसैले सबै एक जुट भई हाम्रो धर्म, भाषा, संस्कृति, परम्परा र रितिरिवाजको जगेर्ना गर्नुको साथै समग्र समुदायको उत्थानको निम्ति एक जुट हुनको विकल्प छैन ! सबैलाई चेतना भया ! – भरत/अन्र्तराष्ट्रिय ठकुरी समाजको फेसबुक सञ्जालबाट