समाचार

काठमाडौँ महानगरपालिकाको, ‘शैक्षिक क्षेत्र’ र ‘ज्ञानको संस्थागत विकास’ का लागि सहकार्य गर्न युनेस्को इच्छुक

काठमाडौँ, जेठ १५ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले, काठमाडौँ महानगरपालिकासँगको रचनात्मक सहर सञ्जालको कुरा गर्दै यससँगै शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि काम गर्न इच्छुक रहेको बताएका छन् । टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला’ को अवलोकनका क्रममा उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसँग कुरा गर्दै यस्तो इच्छा व्यक्त गरेका हुन ।

‘चलचित्र सहर’ का कार्यक्रमभित्र पनि विद्यालय शिक्षामा काम गर्न सकिन्छ । यसका अतिरिक्त सहकार्यमा थप कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ । क्रफ्टले भने, ‘रचनात्मक उद्योग पहिचान, विकास र विस्तारका लागि काठमाडौँसँग धेरै सम्भावना छन् । यी सम्भावनाहरुलाई महानगरपालिकाको पहिचान, गौरव र समृद्धि वृद्धिसँगै स्थानीयबासीको जीवनस्तर सुधारसँग जोडेर लैजानुपर्छ ।’
कुराकानीका क्रममा उपाध्यक्ष राजभण्डारीले, महानगरपालिकाले सिपलाई स्वरोजगारसँग जोड्ने काम लाई प्राथमिकता दिएको बताए । सिप मेला हाम्रो प्रस्थान विन्दु हो । ज्ञान तथा सिपको अद्यावधिक गराउने, सिपलाई रोजगार र स्वरोजगारसँग जोड्ने यसभन्दा धेरै योजना कार्यान्वयन गर्ने योजनामा छौँ ।

अवलोकनका क्रममा स्कप्चर र चित्रकला प्रशिक्षणका बारेमा क्रफ्टले चासोका थिए । उनलाई आयोगका उपाध्यक्षसहित सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, सिप मेला निर्देशक समितिका सदस्य सुदीप ढकाल, रोजगार संयोजक देवेन्द्र के. सी. ले मेला र मेलामा सञ्चालन भएका तालिममा विषयमा जानकारी गराएका थिए ।