अन्तराष्ट्रिय

पेजर विस्फोटमा ८ जनाको मृत्यु, २,८०० लेबनानी हिजबुल्लाह लडाकु घाइते

तेल अवीव,  असोज २ । सोज २ । लेबनानमा हजारौं पेजरहरू एकैसाथ विस्फोट हुँदा सारा विश्व स्तब्ध भएको छ । यस पेजर विष्फोटमा मारिएका अधिकांश हिजबुल्लाह लडाकु थिए । पछिल्लो अन्र्तराष्ट्रिय मिडिया जानकारी अनुसार पेजर विस्फोटमा हालसम्म ८ जनाको मृत्यु भइसकेको छ भने २८ सयभन्दा बढी घाइते भएका छन् । वास्तवमा उनीहरू इजरायलसँग डराउँछन् कि उनीहरूलाई मोबाइल फोन प्रयोग गरेमा सजिलै निशाना बनाउन सक्छ भनेर । हिजबुल्लाह लडाकुहरूले आपसी सञ्चारको लागि मोबाइल फोनको सट्टा पेजरहरू प्रयोग गर्छन् । यद्यपि, इजरायलले अझै पनि हिजबुल्लाह लडाकुहरूलाई छोडेन र तिनीहरूका पेजरहरू बमको रूपमा प्रयोग ग¥यो ।

हालसम्म इजरायली सेनाले यस विष्फोटको बारेमा कुनै बयान जारी गरेको छैन । यसलाई सन् १९४८ पछि मध्यपूर्वको इतिहासमा भएको सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको छ । लेबनानी स्रोतहरूका अनुसार पेजरहरू अचानक अत्याधिक तातेर विस्फोट हुन थाले । सडकमा हिँड्ने, बसेर गफ गर्ने र बजारमा किनमेल गर्ने मान्छेको पेजर एकपछि अर्को विस्फोट हुन थाल्यो । यसले त्यहाँ उपस्थित मानिसहरूमा त्रास फैलाएको थियो र मानिसहरुले पेजरमा अचानक विष्फोट हुनुको कारण बुझ्न सकेनन् ।

यो पेजर ह्याक गरी बमको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने धारणाभन्दा फरक छ । धेरैजसो हिज्बुल्लाह लडाकुहरूले पेजरलाई आफ्नो कम्मरमा पोर्टेबल प्याकेटमा वा आफ्नो छातीको छेउमा शर्ट वा टी–शर्टको खल्तीमा बोक्छन् । यस्तो अवस्थामा पेजर विष्फोटका कारण उनलाई धेरै शारीरिक चोट लागेको थियो । लेबनानका स्वास्थ्य मन्त्रीले पेजर विष्फोटमा आठ जनाको ज्यान गएको र करिब २ हजार ८०० घाइते भएको बताए । योसँगै हिजबुल्लाहले मारिनेमा आफ्ना दुई जना लडाकु रहेको बताएको छ । एउटी सानी केटी, एक हिजबुल्लाह नेताकी छोरी, उनको आमाबाबुको घरमा पेजर विस्फोटमा मारिए । लेबनानी मिडिया र परिवारले पीडितको नाम ९ वर्षीया फातिमा जाफर अब्दल्लाह रहेको बताएका छन् । पेजर विष्फोटमा हिजबुल्लाहसँग आबद्ध लेबनानी सांसदका छोराको पनि मृत्यु भएको बताइएको छ । प्रतिवेदनमा सांसदको नाम अली अम्मर उल्लेख गरिएको छ ।

लेबनानका लागि इरानका राजदूत मोज्ताबा अमानी पेजर विष्फोटमा परी घाइते भएको इरानको मेहर समाचार एजेन्सीले मंगलबार जनाएको छ । राजदूत पेजर बोक्ने व्यक्तिको नजिकमा थिए वा उनी आफैंले पेजर प्रयोग गरिरहेका थिए भन्ने खुल्न सकेको छैन । अल जजीराले अरब मिडिया स्रोतहरूलाई उद्धृत गर्दै अमानीको चोट सामान्य रहेको बताएको थियो । फार्स समाचार एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै “अमानीलाई सतही चोट लागेको छ र हाल अस्पतालमा निगरानीमा रहेका बताएको छ ।“