अन्तराष्ट्रिय

पेजर र वाकी–टकीमा विस्फोट २० भन्दा बढी व्यक्तिको मृत्यु र सयौं घाइते,  लेबनानी जनता आतंकित 

तेल अवीव, असोज ३ । लेबनानमा मंगलबार दिउँसो मानिसहरूको घर र गोजीमा राखिएका पेजरहरू विस्फोट हुन थालेपछि त्रास फैलिएको थियो । विस्फोटले लेबनानका सडक, पसल र घरहरूमा हजारौं मानिसहरूलाई असर गरेको थियो । यी विष्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने २८०० भन्दा बढी घाइते भएका थिए । अर्को दिन, लेबनानमा एक वाकी–टकी पनि रहस्यमय रूपमा विस्फोटमा २० भन्दा बढी व्यक्तिको मृत्यु र सयौं घाइते भएका समाचारमा उल्लेख छ ।

यो घटनाले लेबनानलाई स्तब्ध बनाएको छ । लेबनानी सरकारले विष्फोटको लागि इजरायललाई दोष दिएको छ । यद्यपी इजरायलले उक्त बम विष्फोटमा कुनै पनि भूमिकाको पुष्टि वा खण्डन गरेको छैन ।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार वर्तमान र पूर्व रक्षा र गुप्तचर अधिकारीहरूले यी विस्फोटहरू पछाडि इजरायलको हात रहेको बताएका छन् । यो अपरेशन लामो समय देखि चलिरहेको थियो । वास्तवमा, हिजबुल्लाहका मानिसहरूले फोन ट्र्याक हुने खतरालाई ध्यानमा राख्दै पेजरहरू प्रयोग गरिरहेका थिए । हिजबुल्लाले लामो समयदेखि पेजरको प्रयोगमा जोड दिइरहेको थियो र इजरायली गुप्तचर अधिकारीहरूले यो अवसरको रुपमा देखेर यसको लाभ लिएको बताएका छन् ।