अन्तराष्ट्रिय

श्रीमती सहित नेतान्याहुलाई मार्ने इरानी एजेन्टद्वारा प्रयास, घरमा ड्रोन हमला : नेतान्याहु आक्रोशित

तेल अवीव, कार्तिक ५ । लेबनानी समूह हिजबुल्लाहले शनिबार एक निजी निवासमा ड्रोन आक्रमणको प्रयास गरेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिनले कडा प्रतिक्रिया दिएका छन् । बेन्जामिन नेतान्याहुले यस ड्रोन आक्रमणको पछाडि इरानको एजेन्ट हिजबुल्लाहको उद्देश्य आफूलाई मार्नु भएको बताएका छन् । नेतान्याहुले यस ड्रोन आक्रमणबाट आफू र आफ्नी श्रीमतीलाई मार्ने षड्यन्त्र भएको दाबी गरेका छन् । उनले यस हमलाको लागि इरानका प्रोक्सी र एजेन्टहरूलाई जिम्मेवार ठहराएका छन् ।

टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले भने, ‘इरानका एजेन्टहरूले आज मलाई र मेरी श्रीमती साराको हत्या गर्ने प्रयास गरे । यसो गरेर उनले गम्भिर गल्ती गरेका छन् । यो आक्रमणले मलाई युद्ध जारी राख्नबाट रोक्ने छैन । म यो स्पष्ट गर्न चाहन्छु कि जसले इजरायलीहरूलाई हानि गर्छ उसले ठूलो मूल्य चुकाउनु पर्छ ।

बेन्जामिन नेतान्याहुले पनि इरान समर्थित हिजबुल्लाह र हमासमाथि आक्रमण जारी राख्ने आफ्नो आह्वान दोहो¥याएका छन् । ‘हामी आतंककारीहरूलाई हटाउन जारी राख्नेछौं, हामी गाजाबाट हाम्रा बन्धकहरूलाई फिर्ता ल्याउनेछौं र हामी उत्तरमा रहेका हाम्रा बासिन्दाहरूलाई पनि फिर्ता पठाउनेछौं,’ उनले भनेका छन् । इजरायलले जित्न नसकेसम्म हामी हाम्रो लडाइँ जारी राख्नेछौं ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाएर हिजबुल्लाहले ड्रोन आक्रमण गरेको थियो । नेतन्याहुको निजी निवास रहेको हाइफाको सिजेरिया क्षेत्रमा शनिबार बिहान विस्फोटको आवाज सुनिएको थियो । ड्रोनले निशाना बनाएको भवन नेतान्याहुको घरको भाग हो । हिजबुल्लाहद्वारा थप दुई ड्रोन पनि प्रक्षेपण गरिएको थियो, जसलाई रोकिएको थियो ।

समाचारका अनुसार ड्रोन आक्रमणमा कुनै हताहत भएको छैन । यो ड्रोन भवनमा पुग्यो र दुर्घटनाग्रस्त भयो र खसेको थियो जबकि अन्य दुई ड्रोन सुरक्षा बलहरूले खसालेका थिए । घटनाको समयमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनकी श्रीमती सार घरमा उपस्थित नभएको इजरायली मिडियाले जनाएको छ । त्यतिबेला उनको घरमा कर्मचारी मात्रै थिए ।