Home » Sample Page » पाकिस्तानमा सेनालाई शूट एट साइटको आदेश खानका समर्थकहरूद्वारा हिंसात्मक प्रदर्शन, हिंसामा चार रेन्जरको मृत्यृ
अन्तराष्ट्रिय

पाकिस्तानमा सेनालाई शूट एट साइटको आदेश खानका समर्थकहरूद्वारा हिंसात्मक प्रदर्शन, हिंसामा चार रेन्जरको मृत्यृ

ईस्लामाबाद, (पाकिस्तान) मंसिर ११ । पाकिस्तानको अवस्था अहिले निकै नाजुक बन्दै गएको छ । इमरान खानका कार्यकर्ताहरूको इस्लामाबाद मार्च हिंसात्मक बनेको छ । इमरान खानको रिहाइको माग गर्दै जारी हिंसात्मक प्रदर्शनमा चार रेन्जरको मृत्यु भएको छ । यस घटनापछि पाकिस्तानी सेनालाई इस्लामावादले शूट एट साइटको आदेश जारी गरेको छ । इमरान खानका हजारौं समर्थक उनको रिहाइको माग गर्दै इस्लामाबादको सडकमा उत्रिएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफका कार्यकर्ताहरूले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै इस्लामाबादतर्फ मार्च गरिरहेका छन् । सोमबार उनीहरु इस्लामावादको सीमामा प्रवेश गरेका थिए र उनीहरुको लक्ष्य डी–चोक पुग्ने थियो । यसका लागि इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको छ । संविधानको धारा २४५ बमोजिम शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको छ । इस्लामावादमा नोभेम्बर १८ देखि धारा १४४ पनि लागू गरिएको छ । इमरान खानका समर्थकहरूले इस्लामाबादमा सरकारले लगाएको लकडाउनको उल्लंघन गरिरहेका छन् ।

वास्तवमा इमरानले आन्दोलनको अन्तिम आह्वान गरेका थिए । यसमा उनले आफ्ना समर्थकहरूलाई इस्लामाबादमा मार्च गर्न आग्रह गरेका थिए ताकि उनीहरूले इमरान सहित सबै पीटीआई बन्दीहरूको रिहाइको माग गर्न सकून् । यसका साथै उनले फागुन ८ फेब्रअरी गते भएको निर्वाचनमा आफ्नो कथित विजयलाई मान्यता दिन र २६औं संविधान संशोधन खारेज गर्न पनि आफ्ना समर्थकहरुलाई आग्रह गरेका छन् । २६औँ संविधान संशोधनले न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया परिवर्तन गरेको छ । यो वर्षको जनवरीमा तोशाखाना मुद्दामा इमरानलाई १४ वर्षको जेल सजाय र २० लाख जरिवानाको सजाय सुनाइएको थियो ।