नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार (२६ डिसेम्बर) निधन भएको छ । उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । पूर्वप्रधानमन्त्रीको निधनको सम्बन्धमा दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानले एक प्रेस विज्ञप्ति जारीमा “हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनको खबर अत्यन्तै दुःखका साथ सुनाउँछौँ। ९२ वर्षको उमेरमा।“ उहाँ उमेर सम्बन्धी स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र २६ डिसेम्बर २०२४ मा अचानक घरमा ढलेका थिए । उनीलाई बचाउने उपायहरू तुरुन्तै घरमा सुरु गरिएको थियो । उनलाई बेलुका ८ः०६ बजे नयाँ दिल्लीको एम्सको मेडिकल इमर्जेन्सीमा ल्याइएको थियो । सबै प्रयासका बाबजुद पनि उनलाई बचाउन सकिएन र राति ९ बजेर ५१ मिनेटमा मृत घोषणा गरिएको उल्लेख गरिएको छ ।
पूर्वप्रधानमन्त्रीको निधनमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीदेखि देशका ठूला नेता तथा व्यक्तित्वले दुःख व्यक्त गरेका छन् । भारत सरकारले आज (२७ डिसेम्बर)का लागि तय भएका सबै कार्यक्रम रद्द गरी ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । डा. मनमोहन सिंहको पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । उनको अन्तिम संस्कार शनिबार (२८ डिसेम्बर) हुने बताइएको छ । मनमोहन सिंहको जन्म सन् १९३२ मा पञ्जाबमा भएको थियो । उनी सन् २००४ देखि २०१४ सम्म लगातार दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए । अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको एनडीए विरुद्ध २००४ को लोकसभा चुनावमा कांग्रेसको जितपछि उनले पहिलो पटक २००४ मा प्रधानमन्त्रीको सपथ लिएका थिए । उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए । उनले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा राज्यसभाबाट अवकाश लिएका थिए ।
Add Comment