बेइजिङ । चीन र नेपालमा मंगलबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी सिन्ह्वाका अनुसार मंगलबार बिहान करिब ९.०५ बजे बिहान करिब ९ः०५ बजे (चिनियाँ समय) दक्षिणपश्चिम चीनको सिगाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिकै ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । चीनमा गएको भूकम्पका कारण अहिलेसम्म नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाली समय अनुसार मंगलबार बिहान ६ बजेर ५२ मिनेटमा राजधानी काठमाडौं र आसपासका क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो । नेपालमा पनि भूकम्पको तीव्रता रिएक्टर स्केलमा ७.० थियो । नेपालको सीमा नजिक तिब्बतमा पनि भूकम्प गएको छ । भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । नेपालको लोबुचेबाट ९० किलोमिटर उत्तरपूर्वमा ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु १०.० किलोमिटर गहिराइमा थियो ।
भूकम्पको तीव्रताका कारण धेरै क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ । बिहानै भूकम्प गएको समयमा मानिसहरु घरमै थिए । शक्तिशाली भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाहिर निस्केका थिए । नेपालमा भूकम्पका कारण भएको जनधनको क्षतिको विवरण भने आउन सकेको छैन । भूकम्पको तीव्रतालाई ध्यानमा राखी केही क्षेत्रमा क्षतिको सम्भावना रहेको छ ।
भूकम्पको तीव्रता रिक्टर स्केलमा ७ वा सोभन्दा बढी भएमा त्यसलाई खतरनाक मानिन्छ । यस तीव्रताको भूकम्पमा भवनहरू भत्किने वा भत्कने सम्भावना रहन्छ । यति तीव्रताको भूकम्पले भवन, सडक र पुल भत्किने जोखिम हुन्छ । यस्तो अवस्थामा मंगलबार बिहान गएको भूकम्पको तीव्रता खतरनाक तहमा पुगेको छ ।
Add Comment