रसुवा । बाढीको लेदोका कारण त्रिशूली–३बी जलविद्युत् आयोजनाको टनेलको प्रवेशद्वार (Entry Point) पुरिएको छ। सुरक्षाकर्मीहरूले टनेलको प्रवेशद्वार खुलाउने प्रयास गरिरहेका छन्।
प्रतिकूल मौसमका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको छ। मौसम बिग्रिनुका साथै बाक्लो कुहिरो लागेकाले हेलिकप्टर अहिले अन्य टनेल आसपास पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी (CDO) ले जानकारी दिएका छन्।
उद्धारका लागि स्थलमार्ग तथा अन्य सम्भावित माध्यमबाट प्रयास भइरहेको जनाइएको छ। जोखिमपूर्ण अवस्थाका कारण उद्धार टोलीले सावधानीपूर्वक काम गरिरहेको छ।








Add Comment