कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको छ।
शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखिएको अवस्थामा चरेस बरामद गरिएको हो।
चरेससहित जिप चालक बझाङको बुंगल नगरपालिका–१ निवासी २२ वर्षीय कलक धामी र जिपमा सवार बझाङको केदारस्युँ गाउँपालिका–७ निवासी ५० वर्षीय करन धामीलाई पक्राउ गरिएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।








Add Comment