रसुवा । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच पनि बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको छ।
बाढीपछि आयोजनाको क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सुरक्षाकर्मी तथा उद्धार टोली निरन्तर खटिरहेका छन्।
प्रतिकूल मौसम र अँध्यारोका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै उद्धारको प्रयासलाई निरन्तरता दिइएको जनाइएको छ।
आयोजनामा फसेका मानिसहरूको सुरक्षित उद्धारलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकाय तथा सुरक्षा टोलीले खोज तथा उद्धार अभियान जारी राखेका छन्।








Add Comment