काठमाडौं । नेपाल प्रहरीले पहिचान नखुलेका तथा बेवारिसे अवस्थामा फेला परेका शवहरूको तस्बिर र विवरण आफ्नो पोर्टलमा अद्यावधिक गर्दै आएको छ।
हराएका परिवारका सदस्य वा आफन्तले सम्बन्धित व्यक्तिको पहिचान गर्न सकून् भन्ने उद्देश्यले उक्त जानकारी सार्वजनिक गरिएको हो।
सम्बन्धित व्यक्तिहरूले पोर्टलमा गएर शवको तस्बिर, अन्दाजी उमेर, लिङ्ग, शव भेटिएको स्थान र मिति तथा हाल शव राखिएको स्थानलगायत विवरण हेर्न सक्नेछन्।
नेपाल प्रहरीले आवश्यक जानकारी खोज्न सम्बन्धित वेबसाइट हेर्न आग्रह गरेको छ।
⚠️ सावधानी: पोर्टलमा रहेका केही तस्बिर बीभत्स प्रकृतिका हुन सक्ने भएकाले हेर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ।








Add Comment