धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक भासिएसँगै दुवैतर्फको यातायात प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू समस्यामा परेका छन्।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सडक खुलाउने प्रयास भइरहेको छ।








Add Comment