गृहमन्त्री सुधन गुरुङबाट प्रहरी महानिरीक्षक डा. मनोज के.सी. दर्ज्यानी चिह्नबाट सुशोभित

गृहमन्त्री सुधन गुरुङबाट प्रहरी महानिरीक्षक डा. मनोज के.सी. दर्ज्यानी चिह्नबाट सुशोभित

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी. दर्ज्यानी चिह्नबाट सुशोभित भएका छन्। गृह मन्त्रालय सिंहदरबारमा बुधबार आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार डा. के.सी. प्रहरी महानिरीक्षक पदमा बढुवा भएका हुन्। यसअघि उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारीमा कार्यरत थिए।

नवनियुक्त प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा गृह मन्त्रालयका पदाधिकारी तथा प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएकोमा यसपटक गृहमन्त्री स्वयंले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply