लगानी तथा पूर्वाधारसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदामाथि छलफल

लगानी तथा पूर्वाधारसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदामाथि छलफल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्था परिमार्जन गर्ने उद्देश्यसहित तयार पारिएको विधेयकको मस्यौदामाथि छलफल कार्यक्रम आयोजना गरेको छ।

कार्यालयले आज ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’को मस्यौदामाथि सरोकारवालासँग छलफल गरेको हो। कार्यक्रममा विधेयकमा प्रस्ताव गरिएका संशोधनका विषय, विद्यमान कानुनी व्यवस्थामा आवश्यक परिमार्जन तथा लगानी र पूर्वाधार विकाससँग सम्बन्धित विषयमा विचार–विमर्श गरिएको जनाइएको छ।

लगानी प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि कानुनी र नीतिगत व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्यले विधेयकको मस्यौदा तयार गरिएको हो। छलफलबाट प्राप्त सुझाव तथा रायलाई विधेयकको अन्तिम रूप दिने प्रक्रियामा समेट्न सकिने अपेक्षा गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply