काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारीसाधनमाथि कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मिति २०८३ कात्तिक २७ गते बिहान ६ बजेसम्मको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०६ जनामाथि कारबाही गरिएको छ।
त्यस्तै, सीसीटीभी निगरानीमार्फत २५, ट्राफिक बत्ती उल्लंघन गर्ने ३८, तीव्र गतिमा सवारी चलाउने ८४ र हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २ जनामाथि कारबाही भएको छ।
यसैगरी, लेन अनुशासन उल्लंघन गर्ने ४, सवारीको अवस्था ठीक नभएका ९ तथा एकतर्फी सडकको नियम उल्लंघन गर्ने र अन्य नियम मिच्ने गरी २८९ सवारीसाधनमाथि कारबाही गरिएको विवरणमा उल्लेख छ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न नियम उल्लंघन गर्नेमाथि नियमित निगरानी तथा कारबाही गर्दै आएको छ।