चितुवाको छालासहित कैलालीबाट दुई जना पक्राउ

चितुवाको छालासहित कैलालीबाट दुई जना पक्राउ

कैलाली । कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २०८३ कात्तिक २७ गते धनगढी उपमहानगरपालिका–४ स्थित नयाँराम होटल नजिकै शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनीहरूको साथबाट चितुवाको एक थान छाला फेला परेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ की ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन्।

प्रहरीले चितुवाको छालासहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाएको जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply