काठमाडौं । विश्वका तीन शक्तिशाली मुलुक चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखबीच आगामी नोभेम्बर १९ मा चीनको सेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने भएको छ।
चीनको विदेश मन्त्रालयले सोमबार औपचारिक रूपमा बैठकको घोषणा गर्दै राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने जनाएको हो।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार तीन देशका नेताबीच विश्व शान्ति कायम राख्ने र प्रमुख शक्तिबीचको सम्बन्धमा रणनीतिक स्थिरता प्रवर्द्धन गर्ने विषयमा गहन छलफल हुनेछ।
चिनियाँ पक्षले यसलाई तीन देशका राष्ट्रप्रमुखबीच इतिहासमै पहिलो प्रत्यक्ष त्रिपक्षीय भेटका रूपमा व्याख्या गरेको छ। बैठक एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको शिखर सम्मेलनको अवसरमा आयोजना हुनेछ।
यस बैठकमा आणविक हतियार नियन्त्रण तथा अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विषयले महत्व पाउने अपेक्षा गरिएको छ।