Home » Sample Page » विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मारिएका अफगान पत्रकारको सम्झना
अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मारिएका अफगान पत्रकारको सम्झना

कान्दाहार, २० वैशाख ।अफगानिस्तानमा बिहीबार विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा मारिएका पत्रकारहरुको सम्झना गरिएको छ । सन् २०११ मा तालिबानहरु शासनबाट हटेपछि सुरु भएको द्वन्द्वको यस समयमा पत्रकारमाथि सोमबार भएको आक्रमण भीषण आक्रमण हो ।
सोमबार तालिबानले गरेको आक्रमणमा परी ९ जना अफगान पत्रकारको ज्यान गएको थियो । त्यसमा एकजना एएफपी समाचार समितिका फोटो पत्रकार पनि परेका थिए । आक्रमणको दुई दिनपछि आज परेको विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा ती पत्रकारहरुको सम्झना गरिएको बताइएको छ । अफगानिस्तानको पत्रकारिता पेशा अत्यन्त चुनौतीपूर्ण भएको दक्षिण एशियाका लागि एम्नेस्टि इन्टरनेसनलका उपनिर्देशक ओमार वारैचले बताउनु भएको छ ।
गत सोमबार मात्र पनि काबुलमै भएको एक हिंसात्मक हमलामा परी एएफपीका एक फोटो पत्रकार सहित ९ जना पत्रकार मारिएका थिए । उक्त हिंसामा परी ३० जना भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा पत्रकारमाथि भएको यो भीषण आक्रमण भएको बताइएको छ । अफगानिस्तान र विश्वका प्रेस स्वतन्त्रको पक्षमा कामगर्ने पत्रकारहरुका संघ संस्थाहरुले यसप्रति चिन्ता व्यक्त गर्दै प्रेसलाई हिंसाको चपेटामा नपार्न आग्रह गरेका थिए ।
समाचार संकलनकै क्रममा यसरी पत्रकार मारिनु अत्यन्तै दुःखद कुरा भएको विश्व प्रेस स्वतन्त्र दिवस मनाउन सहभागी भएका विश्वका पत्रकारहरुले बताएका छन् । सन् २०१७ मा मात्र विश्वभरमा ५० जना पत्रकार मारिएका आज परेको विश्व प्रेस स्वतन्त्रता दिवसका दिन सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । तर यो तथ्यांक चौध वर्षयताको कम संख्या भएको पनि सो प्रतिवेदनमा जनाइएको छ ।-एएफपी