अन्तराष्ट्रिय

यौन हिंसा प्रकरणपछि नोबेल सहित्य पुरस्कार समितिका सदस्यलाई बिदा बस्न अनुमति

स्टकहोम, २४ वैशाख ।  नोबेल साहित्य पुरस्कार प्रदान गर्ने स्विडेनी एकेडेमीले आफ्ना चार जना सदस्यलाई बिदा बस्न अनुमति दिएको छ । परम्परागत रुपमा स्थायी सदस्यमा नियुक्त भएका चार जना सदस्यलाई यौनिक हिंसा प्रकरणमा मुछिएपछि पुरस्कार समितिको सदस्यका रूपमा विदामा रहन सोममार एकेडेमीले अनुमति दिएको हो । नोबेल समितिले यस बर्षको साहित्य तर्फको पुरस्कार कसैलाई पनि नदिने निर्णय गरेको समाचार केहीदिन अगाडि सार्वजनिक भएको थियो ।
स्विडेनको दैनिक पत्रिका डागेन्स निहेटरले गत नोभेम्बरदेखि एकेडेमीका प्रभावशाली व्यक्तिहरूले विभिन्न १८ महिलालाई बलात्कार गरेको, यौनदुव्यवहार गरेको वा सताएको समाचारलाई अभियानकै रुपमा पछ्याउदै लगेको थियो । त्यही समाचारको प्रभावका कारण अहिले उनीहरूलाई बिदा बस्न दिइएको होे । “लोट्टा लोटस, क्लास ओस्टेग्रेन र सारा स्ट्रीगवर्गलाई तत्काल स्विडेन एकेडेमीबाट विदा बस्न अनुमति दिइएको छ,” एकेडेमीद्वारा प्रकाशित वक्तव्यमा भनिएको छ । लोटस सन् २०१५ देखि निश्क्रिय हुनुहुन्थ्यो ।
त्यसैगरी चौथो सदस्य केस्टिन इक्मानलाई पनि विदा बस्न अनुमति दिइएको छ । उहाँ सन् १९८९ देखि निश्क्रिय हुनुहुन्थ्यो भने उहाँलाई बेलायती लेखक सल्मान रुसडीका विरुद्धमा दुव्र्यबहार गरेको आरोप लागेको थियो । तर उहाँले त्यो आरोपको खण्डन गर्दै आउनुभएको थियो । घटना भएको झण्डै २७ बर्षपछि मात्रै एकेडेमीले यस बारेमा चासो दिएको छ । प्राविधिक रुपमा एकेडेमीका सदस्यहरु आजीवन सदस्यका रुपमा नियुक्त हुन्छन्, तर उनीहरूले चाहेको बेलामा मात्रै उनीहरूले पद त्याग गर्न सक्ने व्यवस्था रहेको छ । एकेडेमीमा अहिले तत्काल दश जना सक्रिय सदस्यको कमी भएको छ भने १२ जना नयाँ सदस्य निर्वाचित गर्नु पर्ने भएको छ । एकेडेमीले सन् २०१९ मा दुई वटै पुरस्कारको घोषणा गर्न सक्नेछ । -एएफपी