अन्तराष्ट्रिय

पाकिस्तानद्वारा अमेरिकी कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध : विदेश मन्त्रालय

पाकिस्तान, २८ वैशाख । अमेरिकी कुटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ ।
पाकिस्तान र अमेरिकाबीच एक अर्काका कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध लगाउने अवस्थाको शुरूवात पाकिस्तानका लागि अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हलद्वारा चलाएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्युका कारण भएको हो । हल अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आवद्धता रहेका अधिकारी हुनुहुन्छ । पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कुटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो । अमेरिकाले पहिले मे १ बाट लागु हुनेगरी पाकिस्तानमाथि प्रतिबन्ध लगाउने योजना ल्याउन लागेकोमा यसलाई १० दिन पछि सारेको थियो ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसललाई के कुटनीतिज्ञमाथि यात्रामा लगाइएको प्रतिबन्ध शनिबारदेखि नै लागु हुनेछन् भनी गरिएको प्रश्नमा भन्नुभयो, “यात्रमा प्रतिबन्ध मे ११ देखि नै लागु गरिने छ । तर यस बिषयको समाधानका लागि दुबै पक्षबीच वार्ता भइरहेका छन् ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिवद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताउनुभएको थियो । पछि वासिङ्टनबाट पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का भएको थियो । -सिन्ह्वा