अन्तराष्ट्रिय

भरतको कर्नाटक राज्यमा मोदीको जादुई चमत्कार, कांग्रेसलाई शाख जोगाउन हम्मे हम्मे

बंगलुर, १ जेठ । भारतको कर्नाटक राज्यमा विधानसभा निर्वानमा अहिलेसम्मको अनुमानमा भारतीय जनाता पार्टी बीजेपीले सरकार बनाउने लगभग निश्चित देखिएकोछ । भारतीय सञ्चार माध्यमले दिएको ताजा अनुमानका हिसाबमा कुल २२४ स्थानका लागि भएको निर्वाचनमा बीजेपीले १११ सिटमा विजय, कांग्रेसलाई ७० मा र जेडीएसलाई ४० सीटमा विजय हुन सक्ने संकेत दिएको छ । बीजेपीले विजय प्राप्त गरे सँगसँगै सरकार बनाउने विषयमा समेत छलफल शुरु भईसकेको समाचारमा उल्लेख छ । भाजपा भारतको दक्षिण भागमा पहिला भन्दा पनि अझ बढी सफलता हात पार्न सफल भएको छ भने भारतीय कांग्रेस दक्षिण भागमा आफ्नो शाख जोगाउने लडाईमा रहेको देखिन्छ ।
भारतको कर्नाटकलाई छोडेर कांग्रेसको सरकार पंजाब, मिजोरम र पुडुचेरीमा मात्र सिमित भएको छ । जबकी भाजपा ३१ राज्यहरु मध्य २० मा सत्तामा रहेको छ । कर्नाटक राज्य गठन भएको ४६ वर्ष पछि यो निर्वाचनमा सबैभन्दा बढी ७२.१३ प्रतिशत भोट खसेका छन् । २००८ मा ६५.१ प्रतिशत, २०१३ मा ७१.४६ प्रतिशतमा मत खसेको थियो भने यस पाला लगभग ६ प्रतिशत अधिक मतदान भएको भारतीय सञ्चार माध्यमले जनाएकोछ ।