अन्तराष्ट्रिय

म्यानमारका हजारौँ महिलालाई चीनमा विवाह गर्न दवाव

बैङ्कक : म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ । म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । द्वन्द्वको फाइदा उठाउदै म्यानमारका साहाराविहीन महिलाहरूलाई सिमा क्षेत्रमा दुरुपयोग हुने गरेको पाइएको हो ।

चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलाहरुलाई चिनियाँहरुले विबाह गर्ने गरेको अध्ययनकर्ताहरुले बताएका छन् । चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्याङ्क छ । जनसंख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागु गरेको एक सन्तान नीतिका कारण महिलाको सङ्ख्या घटेको पाइएको छ । म्यानमार बाहेक कम्बोडिया, लाओस, भियतनामलगायतका देशहरुबाट पनि बर्षेनी हजारौँ महिलाहरू चीन लगिने गरेको छ ।-रासस/एएफपी