Home » Sample Page

Sample Page

समाचारको विषयलाई लिएर प्रहरीले पत्र काट्न नपाउने : महासंघ

काठमाडौँ, २४ पुस । नेपाल पत्रकार महासंघले प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ...

समाचारको स्रोतको अनुसन्धानमा काउन्सिलले सघाउने

काठमाडौँ, २४ पुस ।  प्रेस काउन्सिल नेपालले फौजदारी अपराधबाहेक कुनै पनि समाचारको स्रोत खुलाउने नाममा सम्पादक वा पत्रकारलाई पक्राउ पूर्जी नकाट्न आग्रह गरेको छ । तत्कालीन प्रहरी नायब...

बाह्रौं दक्षिण एशियाली सेभेन–ए साइड फुटबल पुस २९ गतेदेखि

पोखरा, २४ पुस । बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान...

बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

बाजुरा, २४ पुस । स्थानीय तहमा हस्तान्तरण भएपछि बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण स्वास्थ्य...

माइनस १६ डिग्री तापक्रममा मनाङको अवस्था

मनाङ, २४ पुस ।  देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी...

रासायनिक मलको विकल्प खोज्दै किसान

धनगढी, २४ पुस  । असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको...

अध्यक्ष ओली र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता : पार्टी एकता संयोजन समितिको बैठक मंगलबार

भक्तपुर, २३ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ । साँझ सवा ६ बजे ओली...

स्थानीय तहको सेवा प्रवाहबारे अध्ययन गर्न मन्त्रालयद्वारा टोली गठन

काठमाडौँ, २३ पुस  । सरकारले स्थानीय तहको सेवा सञ्चालन र व्यवस्थापनको अवस्थाबारे सहजीकरण तथा अनुगमन गर्न टोली गठन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न...

चीनमा एक लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही

बेइजिङ, २३ पुस ।  चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ । उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा...

उत्तरपूर्वी भारतमा ६ रिक्टरस्केलको भूकम्प

नयाँ दिल्ली, २३ पुस ।  भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन् । भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार...