Home » Sample Page » जनवरी २७ मा जेरुसेलममा भएको गोलीकाण्डपछि इजरायलमा हतियार राख्न सम्बन्धी कानूनलाई खुकुलो बनाउने नेतान्याहुको निर्णय 
अन्तराष्ट्रिय

जनवरी २७ मा जेरुसेलममा भएको गोलीकाण्डपछि इजरायलमा हतियार राख्न सम्बन्धी कानूनलाई खुकुलो बनाउने नेतान्याहुको निर्णय 

जेरुसेलम । जनवरी २७ मा जेरुसेलमको नेवे याकोभमा रहेको पूजास्थल नजिकै अन्धाधुन्ध गोलीबारी भएको थियो । जसमा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका थिए । यस हमलापछि नेतन्याहु सरकारले इजरायलका जनताको सुरक्षालाई लिएर ठूलो निर्णय गरेको छ । यस अन्तर्गत अब इजरायलमा हतियार राख्न सम्बन्धी कानुनमा खुकुलो बनाइने भएको छ । ताकि धेरै भन्दा धेरै मानिसहरूले आफूसँग हतियार राख्न सकून् । सरकारले शनिबार राति यस्तो घोषणा गरेको हो ।

नेतान्याहुले इजरायलका जनतालाई बन्दुक राख्नको लागि अनुमति प्राप्त गर्न सजिलो बनाउने वाचा गरेका छन् । साथै गैरकानुनी हतियार राख्नेलाई जतिसक्दो चाँडो हटाइने छ । नेतान्याहुले इजरायलका जनतालाई हानि पु¥याउने जो कोहीलाई पनि नछोडिने चेतावनी दिएका छन् ।

तर, बन्दुकसम्बन्धी कानुन खुकुलो भएपछि हिंसा अझै बढ्न सक्ने अलजजिराको रिपोर्टमा उल्लेख छ । बरिष्ठ राजनीतिक विश्लेषक मारवान बिश्राले एकातिर नेतान्याहुले हमलापछि कानून र व्यवस्थालाई हातमा नलिन जनतालाई अपील गरेका छन् भने हतियार राख्नका लागि कानुनलाई पनि खुकुलो बनाएको बताए । यसले अवस्था झनै बिग्रन्छ । बन्दुकसम्बन्धी कानुनलाई खुकुलो बनाउने निर्णयमा राष्ट्रिय सुरक्षा मन्त्री बेन–गवीरको हात रहेको बताइएको छ ।

२०१५ र २०१६ मा, प्यालेस्टिनी लडाकुहरूले इजरायलीहरूलाई आक्रमण गर्ने नयाँ तरिकाहरू देखिएको थियो । बाटोमा हिँड्दा चक्कु प्रहार गर्ने गर्दथे भने कहिले सवारी साधनले हान्ने गर्थे । यस प्रकारको आक्रमणलाई प्यालेस्टिनियन वुल्फ आक्रमण भनिन्छ । यस पछि, धेरै मानिसहरूले इजरायली सरकारलाई बन्दुकसम्बन्धी कानूनहरू सुधार गर्न दबाब दिएका थिए । ताकि अधिक इजरायली यहूदीहरूले प्यालेस्टिनीहरूको आक्रमणबाट आफूलाई बचाउन हतियार राख्न सकून् । त्यसपछि २०१८ मा इजरायली सरकारले ५ लाख मानिसलाई बन्दुक राख्न दिने निर्णय गरेको थियो ।