अन्तराष्ट्रिय

पाकिस्तानमा टीटीपीको आक्रमणमा छ पाकिस्तानी सैनिक मारिए 

इस्लामाबाद । प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकूहरूले मङ्गलबार अशान्त खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूको काफिले आक्रमण गर्दा कम्तीमा छ पाकिस्तानी सैनिक र चार आतंककारीको मृत्यु भएको छ । पाकिस्तानी सेनाले जानकारी दिए अनुसार प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकूहरूले मङ्गलबार अशान्त खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूको काफिले आक्रमण गर्दा कम्तीमा छ पाकिस्तानी सैनिक र चार आतंककारीको मृत्यु भएको छ ।

सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तानको अस्मान मान्जा क्षेत्रमा आक्रमण हुँदा टीटीपी बन्दुकधारीले एउटा काफिलेमा गोली चलाउँदा छ जना सैनिकको मृत्यु भएको बताएको छ ।
सेनाको मीडिया शाखा इंटर–सर्विसेज पब्लिक रिलेशंस (आईएसपीआर) ले जवाफी कारबाहीमा चार आतंककारी मारिएको र दुई जना घाइते भएको बताएको छ । प्रतिबन्धित टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ ।

सेनाको मीडिया शाखा इंटर–सर्विसेज पब्लिक रिलेशंस (आईएसपीआर) द्वारा जारी विज्ञप्तिमा अन्य आतंककारीहरूलाई हटाउनको लागि यस क्षेत्रमा ’सेनिटाइजेशन अपरेशन’ भइरहेको उल्लेख गरेको छ । टीटीपी २००७ मा धेरै आतंकवादी संगठनहरुको एक समूहको रूपमा स्थापित भएको थियो । पछिल्लो समय प्रतिबन्धित आतंकवादी संगठनको गतिविधिबाट पाकिस्तान प्रभावित भएको छ ।