स्पोर्ट-मनोरञ्जन

टी–२० विश्वकप विजेता टीम भारतका कोच द्रविड भए भावुक

ब्रिजटाउन, असार १५ । रोहित शर्माको कप्तानीमा भारतले रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै आईसीसी उपाधिका लागि ११ वर्षको प्रतिक्षाको अन्त्य गरेको छ ।

जितपछि कोच राहुल द्रविडले भने, यो टोलीले कठिन परिस्थितिमा जसरी लडेको छ, त्यसमा मलाई गर्व छ ।’ उनले भने, ’पहिले ६ ओभरमा तीन विकेट गुमाएपछि यो टोलीले आफ्नो लडाइँ छोडेन । एक खेलाडीको हैसियतमा म विश्वकप जित्ने भाग्यमानी थिइनँ । मैले मेरो खेलका दिनहरूमा सक्दो प्रयास गरेको थिए तर यो सबै खेलकुदमा हुन्छ ।

क हिसाबले यो जित द्रविडका लागि राहत जस्तै थियो, जसको कप्तानीमा टोली २००७ को एकदिवसीय विश्वकपको पहिलो चरणबाट बाहिरिएको थियो । तर, द्रविडले भने आफूलाई यस्ता शब्दमा विश्वास नगर्ने बताए । उनले भने, ‘सबैभन्दा पहिले यो बोझ कम गर्ने कुरा होइन । म यस्ता कुराको बारेमा सोच्दिन । उपाधि जित्न नसकेका धेरै खेलाडी छन् । म भाग्यशाली छु कि प्रशिक्षक बनेको छु र यो टोली पाएको छु जसले मलाई ट्रफी जित्न र उत्सव मनाउन सम्भव बनायो ।

उनले भने, ‘राम्रो लाग्छ तर बोझबाट मुक्त हुने लक्ष्य लिएर आएको होइन । म आफूलाई मन पर्ने काम गर्दैछु । रोहित र यो टोलीसँग काम गर्दा मलाई रमाइलो लाग्यो । यो एक राम्रो यात्रा थियो जुन मैले राम्ररी रमाइलो गरें ।’ उनले भने, ‘यस्तो ड्रेसिङ रुमको हिस्सा बन्न पाउनु अचम्मको कुरा थियो । यी जीवनभरका सम्झनाहरू हुन् । यसका लागि म टोली र सहयोगी स्टाफलाई धन्यवाद दिन्छु ।