काठमाण्डौं । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले काठमाडौंमा सम्पन्न ऐतिहासिक मल्टिपल कन्भेन्सनबाट लायन राजन लम्साल १३८७ मत प्राप्त गर्दै ‘आईडी इन्डोर्सी’ पदमा निर्वाचित भएका छन् । कुल खसेको सदर मतमध्ये लम्सालले प्रतिस्पर्धी लायन खगेन्द्र सिटौलालाई ८५६ मतको फराकिलो अन्तरले पाछाडि पार पारेका हुन् । लायन सिटौलाले ५३१ मत प्राप्त गर्दै दोस्र भएका छन् ।
यस जितसँगै अब लायन राजन लम्साल आगामि लायन वर्गामा हङकङ्मा हुने लायन्स क्लब इन्टरनेशनलको विश्व सम्मेलनमा नेपालबाट इन्टरनेशनल डाइरेक्टर पदका लागि औपचारिक उम्मेदवार बन्नेछन् ।
लायन्सको विगत तीन दशक लामो सफल यात्रा, समाजसेवामा समर्पित जीवनशैली र प्रेरणादायी नेतृत्वले लम्साललाई यस उच्चतम अवसरसम्म पु¥याएको हो । पूर्व डिष्ट्रिक्ट गभर्नर, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा हाल एलसीआईएफ एरिया लिडर रहेका लम्सालले नेपालभरिका १५ वटा डिष्ट्रिक्टका प्रतिनिधिहरूबाट व्यापक समर्थन पाएका थिए ।
स्याङ्जाको ग्रामीण पृष्ठभूमिबाट उदाएका लम्सालले १९९७ मा संखुवासभाको खाँदबारीस्थित लायन्स क्लबबाट औपचारिक लायन यात्रा सुरु गरेका थिए भने उनको नेतृत्व क्षमताका कारण सन् २०१०/११ मा उनी डिष्ट्रिक्ट ३२५ बी नेपालका गभर्नर बने । त्यसपछिकाउनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पदमा सक्रिय भई उनले लायनबादलाई प्रभावकारी ढंगले अघि बढाए । लायन्सबादमा आफ्नो कर्म, दूरदृष्टि र समर्पणमार्फत पहिचान बनाएका लायन राजन लम्साल अब ‘इन्टरनेशनल डाइरेक्टर’ बन्ने तर्फ अघि बढिरहेका छन् ।
Add Comment