शिक्षा

ट्रि«टन इन्टरनेशनलमा नमुनामतदान

काठमाडौं । मङ्सिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला मतदाता शिक्षा कार्यक्रम अन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनलमा. वि.कलेजमा विद्यार्थीहरुकै सहभागीतामा नमुना मतदान गरिएको छ । निर्वाचनमा मतबदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।

क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातकतहक विद्यार्थीहरुलाई मतदानगर्ने सहीतरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमानसिहं आर. सि.ले बताए ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्रव्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मतदिने लगायतका विषयहरु सिकाइएको थियो ।
नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँबानेश्वर प्रहरी बृत्तका डिएसपि निशान्त श्रीवास्तवले बताए । यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कमहुने उनको भनाई छ ।