अन्तराष्ट्रिय

पाकिस्तान संकटमा, पम्पमा पेट्रोल छैन, पञ्जाब प्रान्तमा अवस्था झन् बिग्रियो

इस्लामाबाद । पाकिस्तान यतिबेला खराब अवस्थाबाट गुज्रिरहेको छ । यसैबीच अफवाहले पाकिस्तानमा नयाँ समस्यालाई जन्म दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको खबर आएपछि यहाँका केही पेट्रोल पम्पले ग्राहकलाई आपूर्ति बन्द गरेका छन् । पेट्रोल पम्प सञ्चालकहरुले बिक्री गर्न थालेपछि पेट्रोलको मूल्य बढ्ने बताउँछन् । मिडिया रिपोर्टका अनुसार आगामी २० दिनको माग पूरा गर्न पाकिस्तानमा पेट्रोल र डिजेलको पर्याप्त स्टक छ ।

यसैबीच पाकिस्तानका धेरै सहरमा पेट्रोलको अभाव पनि देखिएको छ । पञ्जाब प्रान्तका धेरै शहरहरूमा पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पेट्रोल अभावको खबर आएपछि सर्वसाधारण पेट्रोल–डिजेल किन्न खुला पेट्रोल पम्पमा लाइन लागेका छन् । केही दिन अघि देशका तेल कम्पनीहरूले चेतावनी दिएका थिए । त्यसपछि यस्तो अवस्था देखिएको छ ।

पाकिस्तान पेट्रोलियम डिलर्स एसोसिएसनले सबै तेल मार्केटिङ कम्पनीहरूलाई मागको प्रतिक्रियामा उचित आपूर्ति सुनिश्चित गर्न सरकार असफल भएको, पम्पहरू खाली छोडेर ड्राइभरहरूलाई शहरी क्षेत्रमा ग्यास लिन बाध्य पार्ने दोष लगाएको छ । पेट्रोलियम राज्यमन्त्री मुसादिक मलिकले पेट्रोलको अभाव भएको कुरा अस्वीकार गरेका छन् । यसअघि पाकिस्तान सरकारले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३५ रुपैयाँ बढाउने घोषणा गरेको थियो ।

पाकिस्तानले रुपैयाको अवमूल्यन, बढ्दो मुद्रास्फीति र ऊर्जाको अभावमा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । इस्लामाबाद हाल आईएमएफ ऋण सम्झौताको नवौं समीक्षाको नतिजा पर्खिरहेको छ । जसमा अघिल्लो सरकारले हस्ताक्षर गरेको थियो । आईएमएफका अधिकारीहरूले आफूहरू पाकिस्तानसँग काम जारी राख्न इच्छुक रहेको संकेत गरेका छन् तर देशले पहिले आईएमएफले अघि सारेका आधारभूत आवश्यकताहरूको ख्याल गर्नुपर्छ ।