अन्तराष्ट्रिय

सिरियालाई एक्लो पार्नु गलत,  शरणार्थी संकट समाधान गर्न आवश्यक : साउदी विदेशमन्त्री साउद

म्युनिख । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदले सिरियाबारे अरब राष्ट्रहरूको रणनीति गलत साबित भएको बताएका छन् । उनका अनुसार सिरियालाई एक्लो बनाउने रणनीति सही सावित हुन सकेको छैन । त्यहाँ शरणार्थी संकट छ र ढिलो वा ढिलो यो समस्याको समाधान मानवताको आधारमा खोज्नुपर्छ, सिरियासँग वार्ता गर्नुपर्छ ।

साउदले गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) लाई पनि इशारामा निशाना बनाए । भने– धेरै पटक ठूला–ठूला फोरम बनाउछौं, तर त्यसको सहि सदुपयोग कसरी हुन्छ ? यो पनि हामीले निर्णय गर्नुपर्छ । सिरियामा जारी गृहयुद्धको बीचमा म्युनिख सुरक्षा फोरममा यस विषयमा विस्तृत रूपमा छलफल भएको थियो । पहिलो पटक बैठकमा सहभागी देशहरूले सिरियालाई एक्लो पार्ने रणनीति प्रभावकारी साबित नभएको स्वीकार गरेका छन् ।

यसै क्रममा साउदीका विदेशमन्त्री प्रिन्स फैसलले भने– त्यहाँ १२ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । साउदी अरेबिया लगायत सबै अरब देशहरूले सिरियाली राष्ट्रपति बसर अल–असर विरुद्ध लडिरहेका विद्रोही समूहहरूलाई सहयोग र समर्थन गरेका थिए । फैसलले भने आज खाडी राष्ट्रलगायत सबै देशले यो रणनीतिको कुनै फाइदा नभएको स्वीकार गरेका छन् । साउदले थप भने– हालै टर्की र सिरियामा ठूलो भूकम्प गएको थियो । यसले लाखौं मानिसलाई असर गरेको छ । हजारौं मरेका छन् । सिरियालाई दिनु पर्ने सहयोग हामीले दिन सकेनौं । सिरियाली शरणार्थीहरू छिमेकी देशहरूमा शरण लिइरहेका छन्, जसका कारण संकट झन् खतरनाक बन्दै गएको छ ।

साउदी विदेशमन्त्रीले थप भने–अब सिरिया सरकारसँग वार्ता गर्नु आवश्यक भएको छ । यो काम आज होइन भोलि गर्नुपर्छ । हामी जति लामो समय पर्खन्छौं, स्थिति उति खराब हुनेछ । कम्तिमा शरणार्थी संकट समाधान गर्न तत्काल कदम चाल्नुपर्छ । भूकम्पपछि युएई र जोर्डनका विदेशमन्त्रीले टर्की र सिरियाको भ्रमण गरेका छन् ।

फैसलले सिरियाको राजधानी दमास्कस पनि जाने वा नजाने भन्ने कुनै जवाफ दिएनन् । उनले भने, ‘हामीले सिरियाको सरकारको नियन्त्रणमा रहेका र भूकम्पले विनाश निम्त्याएका क्षेत्रमा सहयोग पठाएका छौं । सिरिया र टर्कीमा गएको भूकम्पपछि उनलाई पश्चिमी मुलुकले खासै सहयोग गरेनन् । अरब राष्ट्रहरूले विभिन्न माध्यमबाट सिरियालाई सहयोग गरेका छन् । साउदी सरकारले सिरियाको विषयमा आफ्नो रणनीति परिवर्तन गरिरहेको छ । यसको मुख्य कारण रुससँगको राष्ट्रपति बसर अल असदको घनिष्ट सम्बन्धका कारण सिरियालाई अमेरिका र पश्चिमी देशहरूले एक्लै पारेको हो ।

अर्कोतर्फ इजरायल र अमेरिकाका सहयोगीहरूले सिरियामा विद्रोहीलाई सहयोग गरिरहेका छन् । सिरियामा करिब १५ वर्षदेखि राष्ट्रपति असद र विद्रोहीबीच युद्ध चलिरहेको छ । गृहयुद्धका कारण यो देश पुरै ध्वस्त भएको छ । हालैका दिनहरूमा असदको सेनाले रसियाको सहयोगमा देशको धेरैजसो भूभाग कब्जा गरेको छ । असदलाई रुसबाहेक इरानबाट पनि सहयोग मिलिरहेको छ ।