नयाँ दिल्ली । चन्द्रयान–३ मिशनको सफलतापछि इसरो ले अर्को मिसन सुरु गरेको छ । अब इसरो सूर्यमा जाने तयारीमा छ । इसरोले सेप्टेम्बर २ मा आफ्नो सूर्य मिशन प्रक्षेपण गर्दैछ । सूर्यको अध्ययन गर्ने यो पहिलो भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको मिसन हुनेछ ।
इसरोले चन्द्रमा पछि सूर्यमा के खोज्दैछ? विगत केही समय देखि यो प्रश्न हरेकको मनमा घुमिरहेको छ । इसरोका पूर्व वैज्ञानिक नाम्बी नारायणनले यो प्रश्नको स्पष्ट जवाफ दिएका छन् । वैज्ञानिक नाम्बी नारायणन भन्छन् इसरोले १५ लाख किलोमिटर टाढा सूर्य अध्ययन गर्न जाँदैछ यो एक राम्रो अध्ययन परियोजना हा । इसरोले सूर्यको गहिराइमा अध्ययन गर्नेछ, यस क्रममा सूर्यसँग सम्बन्धित रहस्यहरू पनि खुल्नेछन्, जुन मानव जाति धेरै शताब्दीदेखि जान्न चाहन्छन् । सूर्यको अध्ययन गर्ने यो पहिलो भारतीय मिसन हुनेछ ।
यसअघि नाम्बी नारायणले यस अघिका सरकारले इसरोलाई विश्वास नगरेको भन्दै भारतीय अन्तरिक्ष एजेन्सीलाई पर्याप्त बजेट नदिइएको बताएका छन् । नाम्बी नारायणको इसरो को शुरुवाती दिनको बारेमा कुरा गरेको भिडियो भाइरल भइरहेको छ । यस भिडियोलाई भाजपाले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेको छ । भिडियोमा इसरो का पूर्व वैज्ञानिकहरूले इसरोले आफ्नो विश्वसनीयता स्थापित गरेपछि सरकारहरूले आर्थिक सहयोग गरेको भन्दै देखिएका छन् ।
चन्द्रयान–३ मिशनको सफलता पछि, इसरोले अब सूर्यलाई नजिकबाट हेर्नको लागि सेप्टेम्बर २ मा ११.५० बजे देशको पहिलो अन्तरिक्ष–आधारित वेधशाला आदित्य–एल१ प्रक्षेपण गर्नेछ ।
Add Comment