अन्तराष्ट्रिय

पाकिस्तानमा आम निर्वाचनको तयारी तीव्र, कर्मचारीको तालिम सुरु

इस्लामाबाद । सर्वोच्च अदालतको आदेशपछि पाकिस्तान निर्वाचन आयोगले आम निर्वाचनको तयारी सुरु गरेको छ । आयोगले निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतको तालिम पुनः सुरु गरेको छ । आयोगले आइतबार देशभर निर्वाचन सम्बन्धी कर्मचारीको तालिम पुस १९ गते सम्पन्न हुने जनाएको छ । आयोगले शनिबार निर्वाचन कार्यतालिका घोषणा गर्दै देशमा आम निर्वाचन फेब्रअरी ८ मा हुने भएको छ । पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार लाहोर उच्च अदालतको रिटर्निङ अफिसरको रूपमा नोकरशाह नियुक्तिसम्बन्धी दिएको आदेशलाई निलम्बन गरेको छ।

पाकिस्तान तहरीक–ए–इन्साफका वकिल उमैर नियाजीको याचिकामा, उच्च अदालतले निर्वाचन आयोगको रिटर्निङ र जिल्ला रिटर्निङ अफिसर बनाउने निर्णयलाई निलम्बन गरेको थियो । पाकिस्तानको निर्वाचन आयोगले पीटीआई अध्यक्ष गौहर अली खानलाई पार्टीको आन्तरिक निर्वाचन मामिलामा १८ डिसेम्बरकादिन उपस्थित हुन भनेको छ । पीटीआईका संस्थापक सदस्य अकबर एस बाबरले आन्तरिक निर्वाचनलाई चुनौती दिँदै याचिका दायर गरेका छन् । निर्वाचन आयोगको पाँच सदस्यीय इजलासले बिहान १० बजेदेखि सुनुवाइ गर्नेछ । आयोगले पीटीआईका प्रमुख निर्वाचन आयुक्त नियाजुल्लाह नियाजी र अन्य ६ जनालाई पनि बोलाएको छ ।