अर्थ-स्वास्थ्य

२ वटा औषधि पसलमा शिलबन्दी, एउटालाई सुधारको मौका : जनस्वास्थ्यमा हुने लापर्वाह अक्ष्यम्य हो- जनस्वास्थ्य विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । यस्तै एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ । शिलबन्दी गरिएका पसलहरुमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् । यसै गरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिन समय दिइएको छ ।

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार, दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा शिलबन्दी गर्नु परेको हो । अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो ।