अन्तराष्ट्रिय

अमेरिकाको न्यु जर्सीमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट र फोटोग्राफरको मृत्यु 

एपी, फिलाडेल्फिया। अमेरिकाको न्यु जर्सीमा हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा सवार पाइलट र फोटोग्राफर दुवैको मृत्यु भएको छ । एक टेलिभिजन आउटलेटले यो जानकारी दिएको छ। डब्ल्यूपीवीआई–टीवी ले मंगलबार राति रिपोर्ट ग¥यो कि हाम्रो समाचार टोलीका पाइलट र एक फोटोग्राफर हेलिकप्टरमा सवार थिए। कामबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको उनले बताए । जानकारीका अनुसार यो दुर्घटना बर्लिङ्गटन काउन्टीको वाशिंगटन टाउनशिपको जंगलमा राति ८ बजेपछि भएको हो । टिभी आउटलेटले भने कि दुर्घटनाको कारण अझै स्पष्ट छैन।