मुम्बई, मंसिर २४ । विजेपीका वरिष्ठ नेता देवेन्द्र फडणवीसले मुख्यमन्त्रीको सपथ लिएका छन् । साथै, एकनाथ शिन्दे र अजित पवारले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । त्यसपछि तीनै नेताले मन्त्रालयमा पुगेर महापुरुषको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । सपथ ग्रहण भएको पहिलो घण्टामै महायुती सरकारको पहिलो मन्त्रिपरिषद् बैठक मन्त्रालयमा बसेको थियो । सपथ ग्रहण लगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएर मुख्यमन्त्री देवेन्द्र फडणवीसले यो सरकार गतिशील रहेको देखाएका छन् ।
यस क्रममा मिडियासँग कुरा गर्दै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भने विगत साढे दुई वर्षमा हामीले महाराष्ट्रको विकासका लागि काम गरेका छौं । यहाँबाट पनि हामी महाराष्ट्रको विकासको लागि काम गर्नेछौं र अब रोकिने छैनौं । दिशा र गति एउटै छ । हाम्रो भूमिका मात्र परिवर्तन भएको छ । हामी महाराष्ट्रको सुधारको लागि निर्णय लिनेछौं । घोषणापत्रमा उल्लेख भएका काम पूरा गर्न चाहन्छौं ।
Add Comment