काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार साउन २२ गते दिउँसो करिब १ः५० बजे सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धानको काम भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।








Add Comment