विविध

मिलन गुरुङ दम्पतीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले आठ वर्षअघि विशेष अदालतले दिएको सफाइको फैसला सदर गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गुरुङ दम्पतीले करिब ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २०७४ माघ १० गते उनीहरूलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको भए पनि सर्वोच्चले विशेष अदालतकै फैसला सदर गरेको छ।