विविध

अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार पाँच जना घाइते भएका थिए। घाइतेमध्ये झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य चार जना घाइतेको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।