अन्तराष्ट्रिय

रुस युक्रेन युद्ध : युक्रेनले मस्कोमा आक्रमण गर्न ड्रोन पठाएको रुसको आरोप 

मस्को । रुस–युक्रेन युद्ध निरन्तर जारी छ । दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका छन् । यसै क्रममा, रुसी रक्षा मन्त्रालयले बुधबार दावी गरेको छ कि युक्रेनले मस्कोमा आक्रमण गर्न खोजेका तीन युक्रेनी ड्रोनहरू नष्ट गरेका छन् । रुसको रक्षा मन्त्रालयले बुधबार बिहान युक्रेनले मस्कोमा आक्रमण गर्ने प्रयास गरेको बताएको थियो, जुन असफल भएको थियो । आक्रमणमा तीन ड्रोन संलग्न थिए । यो थप रिपोर्टमा दुई ड्रोन क्रमशः मोजाहिस्की र खिमकिंस्की जिल्लाहरूमा हवाई रक्षाद्वारा नष्ट गरिएको थियो, जबकि तेस्रो ड्रोनले आप्mनो नियन्त्रण गुमाए पछि, ड्रोन मस्को सिटी कम्प्लेक्समा निर्माणाधीन भवनमा ठोक्किएको थियो ।

आक्रमणमा कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले पहिला पनि सोशल मिडियामा दाबी गरेका थिए कि एयर डिफेन्स फोर्सले मस्को क्षेत्रको मोजाइस्की जिल्लामा ड्रोन खसालेको थियो, जबकि अर्को ड्रोन मस्को शहर परिसरमा निर्माणाधीन भवनमा ठोक्किएको थियो ।

घटनास्थलमा टोली पठाइएको उनले बताए । यसअघि सोमबार पनि युक्रेनको ड्रोनले रुसको बेलगोरोड क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको थियो । यसैबीच, आइतबार बिहान राजधानी मस्कोमा लगातार ड्रोन आक्रमणले रुसलाई हल्लाको थियो । रुसले हतारमा चारमध्ये एउटा विमानस्थल अस्थायी रूपमा बन्द गर्नुपर्ने अवस्था आएको थियो । यी आक्रमणमा एक जना घाइते पनि भएका छन् । रुसी रक्षा मन्त्रालयले यसलाई युक्रेनबाट भएको आतंकवादी हमला भनेको छ ।

तीनवटा ड्रोनले सहरलाई निशाना बनाएको मन्त्रालयले जनाएको छ । एउटालाई रक्षा प्रणालीले मस्को क्षेत्रमा खसालियो जबकि अन्य दुई जाम भए र दुबै मस्को शहर व्यापार जिल्लामा दुर्घटनाग्रस्त भए । यस आक्रमणका केही तस्विरहरु सार्वजनिक भएका छन् । आक्रमणमा मस्को शहर जिल्लाका दुईवटा भवनमा क्षति पुगेको छ भने एक सुरक्षा गार्ड घाइते भएका छन् । जसका कारण भानुकोभो विमानस्थलमा विमानको आवतजावत करिब एक घण्टा रोकिएको टास एजेन्सीले जनाएको छ ।