अन्तराष्ट्रिय

पेन्सिलभेनियामा ¥यालीका क्रममा डोनाल्ड ट्रम्पमाथि गोली आक्रमण

वासिङ्टन, असार ३० । अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि शनिबार एक ¥यालीमा आक्रमण भएको छ । धेरै उचाइबाट ट्रम्पमाथि गोली प्रहार गरेको बताइएको छ । घटनाको भिडियोमा ट्रम्पको कानबाट रगत निस्किरहेको देख्न सकिन्छ । यो घटनापछि ट्रम्प खतरामुक्त छन् । उनले आफैंले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक विज्ञप्ति जारी गर्दै आफ्नो सुटिङको जानकारी दिएका छन् ।

ट्रम्पले पेन्सिल्भेनियामा एक ¥यालीका क्रममा आफूलाई निशाना बनाएको र गोली दाहिने कानको माथिल्लो भाग हुँदै गएको बताए । ७८ वर्षीय ट्रम्पले आफ्नो ज्यान बचाएकोमा अमेरिकी गुप्तचर सेवालाई धन्यवाद दिएका छन् । उनले भने, “म संयुक्त राज्य अमेरिकाको गोप्य सेवा र सबै कानून प्रवर्तन एजेन्सीहरूलाई धन्यवाद दिन चाहन्छु जसले तुरुन्तै बटलर, पेन्सिलभेनियामा भएको घटनामा प्रतिक्रिया दिए । पेन्सिलभेनियाको बटलरमा चुनावी ¥यालीमा ट्रम्पमाथि गोली चलेको थियो ।

आक्रमणपछि ट्रम्पको दाहिने कानबाट रगत पनि निस्किएको देखिएको थियो । तर, गोप्य सेवाका सुरक्षाकर्मीले ट्रम्पलाई चारैतिरबाट घेरा हालेर गोली चल्दा उनलाई सुरक्षित स्थानबाट बाहिर निकालेका थिए । ट्रम्पले ट्रुथ सोशलमा भनेका छन् ¥यालीमा गोली प्रहारबाट ज्यान गुमाएका र गम्भीर घाइते भएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्दछु । अमेरिकामा यस्तो घटना हुनु ठूलो कुरा हो ट्रम्पले आक्रमणकारीको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताएका छन् ।

ट्रम्पले थप भने, ‘मलाई थाहा थियो केही गडबड भएको छ, मेरो कानमा घण्टी बजिरहेको थियो र मैले गोलीको आवाज पनि सुनेको थिएँ । मलाई तुरुन्तै गोलीले मेरो छाला छेडेको महसुस भयो । त्यहाँ धेरै रगतको बगिरहेको थियो, त्यसपछि मैले के भइरहेको थियो थाहा पाएँ । अमेरिकी गुप्तचर सेवाका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार घटना स्थानीय समय अनुसार साँझ ६ बजे भएको थियो, जब एक संदिग्ध बन्दुकधारीले ट्रम्पलाई उचाइबाट गोली हानेका थिए । अमेरिकी गोप्य सेवाले आक्रमणकारीलाई तुरुन्तै स्थलमै गालि हानि मारेको छ । ¥यालीमा उपस्थित अर्का एक जनाको पनि मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।