अन्तराष्ट्रिय

इस्लामाबादमा ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) पार्टीको सडक शक्ति प्रदर्शनको क्रममा प्रहरीसँग झडप

इस्लामावाद (पाकिस्तान), भाद्र २४ । जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) ले आइतबार शक्ति प्रदर्शन गर्दै आफ्ना नेतालाई तत्काल रिहा गर्न माग गरेको छ । यसैबीच भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेपछि पार्टीले सरकारको आलोचना गरेको छ । इस्लामाबाद जिल्ला प्रशासनले ¥यालीको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी ग¥योको थियो त्यसपछि ¥याली उपनगरको सांगजानी गाईवस्तु बजार नजिकैको मैदानमा भयो ।

¥यालीमा हजारौं पीटीआई समर्थकहरुको सहभागिता रहेको थियो । यसले पार्टीका ७१ वर्षीय संस्थापक खानको जेल सजायलगायत सबै अवरोधका बाबजुद पनि पार्टीको आधार अडिग रहेको प्रमाणित गरेको छ । तोशखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि इमरान गत अगस्ट ५ मा पक्राउ गरिएका थिए । त्यसयता उनी विभिन्न मुद्दामा जेलमा छन् । इमरान जेलमा परेको ४ सय दिन भइसक्यो । एनओसीका अनुसार ¥याली स्थानीय समय अनुसार साँझ ७ बजे समाप्त हुने थियो । समय सकिएलगत्तै जिल्ला प्रशासनले एनओसी पालना नगर्ने ¥यालीमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । अधिकारीहरूले समयसीमा अघि कार्यक्रम समाप्त नगरेर आयोजकहरूले नियम उल्लङ्घन गरेको बताए । यस कारबाहीको जवाफमा, पीटीआई कार्यकर्ताहरूले प्रहरीमाथि ढुङ्गामुढा गर्न थाले, जसमा वरिष्ठ पुलिस अधीक्षक सहित धेरै सुरक्षाकर्मीहरू घाइते भएका थिए ।

धेरै पीटीआई नेताहरूले भेलालाई सम्बोधन गर्दै खानलाई तत्काल रिहा गर्न माग गरेका थिए । राष्ट्रिय सभामा पीटीआई नेता उमर अयुब खानले खान रिहा नभएसम्म पार्टी चुप नबस्ने बताएका छन् । उनले भने, ’हामी इमरान खानका सिपाही हौं र उनी रिहा नभएसम्म चुपचाप बस्ने छैनौं ।’ उनले ¥यालीमा सहभागीको आवतजावतमा प्रतिबन्ध लगाउन सडक अवरुद्ध गरेको निन्दा गर्दै अब पीटीआईले देशभर ¥याली गर्ने घोषणा गरेका छन् ।